९६ थान एम्पुल लागूऔषधसहित पोखरामा हेमन्त प्रकाउ

पाेखरा | कात्तिक २४, २०७९

९६ थान एम्पुल लागूऔषधसहित पोखरामा हेमन्त प्रकाउ

पोखराः  ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले लागूऔषधसहित एक युवालाई प्रकाउ गरेको छ । 

 

पोखरा महानगरपालिका ३० का ३५ वर्षीय हेमन्त थापामगरलाई ९६थान एम्पुल लागूऔषधसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 

 

ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीको टोलिले पोखरा २६ अघौंचोक स्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा मगरको साथबाट डाईजाम ३२ एम्पुल, फेनेरागन ३२ एम्पुल र नुर्फिन ३२ एम्पुल गरी ९६ थान एम्पुल लागूऔषध , १ थान मोबाईल र १२ हजार रुपैयासहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 

 

लागूऔषधसहित प्रकाउ परेका मगरलाई लागूऔषध मुद्धामा जिल्ला अदालत कास्कीबाट १६दिनको म्याद गरी अनुसन्धान अगाडी बढाएको छ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्